महासप्तमी

शब्द र तस्विर: जियालाल साह

दशैँको आज सातौँ दिन देशभर विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको घुईचो लागेको छ । फुलपातीको अवसरमा तराईका बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा पनि आज विहानदेखी विभिन्न शक्तिपिठहरुमा भक्तजनको घुइँचो लागेको छ । मनोकाक्षा पुरा हुने जनआस्था राखी वीरगंजको गहवामाई मन्दिर, विर्ता माई मन्दिर, विन्दवासनीमाई मन्दिर, मनसा माई मन्दिर लगायतको मन्दिरहरुमा भक्तजनको विहानदेखी घुईचो लागेको छ ।

दशैँको घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुने भएपनि फूलपातिदेखि विजयादशमीसम्मलाई भक्तजनहरुले विशेष रुपमा मनाउने गर्ने गरेको छ । यसै क्रममा आज घर घरमा फूलपाती भित्र्याइने गरिन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनको समझनामा महाउत्सवको रुपमा महासप्तमी मनाउने चलन रहि आएको छ । आजको दिन कालरात्रि देवीको पूजा आराधना गर्नाले मनोकाक्षा पुरा हुने देवी देवताको वास हुने आस्था रहेको छ ।

महासप्तमीको अवसरमा आजको दिन नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्राईने गरिन्छ ।