छठपर्वको तयारी अन्तिम चरणमा

शब्द/तस्बिर: जियालाल साह

तराईवासिको महान पर्व छठको तयारी धुमधामका साथ अहिले भईरहेको छ । वीरगंजको घडिअर्वा पोखरीमा निकै धुमधामका साथ मनाउने यसपर्वका लागि सजावटको काम ८० प्रतिशत सम्म भईसकेको छठ पुजा व्यवस्थापन समितिले जनाएको छ ।

यसवर्ष घडीअर्वा पोखरी सजावटका लागि मात्रै १३ लाख रुपैयाँको लागतमा पंडाल तथा झिलिमिलि बतिहरु जडान भईरहेको छ । निकै धुमधुमधामका साथ मनाउने वीरगंजको छठले निकै महत्व लिने गर्दछन् वीरगंजको घडिअर्वा पोखरीको सजावटकै लागि मात्रै बंगाल, कोलकता, मोतिहारी र बेतिया लगायतका कारिगरहरुले काम गरिरहेका छन् ।

निकै उत्साहले मनाउने छठपर्व पहिला तराईवासीमा मात्र सीमित थिए तर अहिले राजधानी काठमाडौँको रानि पोखरी, पहाडी क्षेत्र र अन्यत्र ठाउँमा पनि लोकप्रिय हुदै गएको छ ।

छठपर्वकै लागि नदी, तलाउ, पोखरीहरु सजाउने कार्य अन्तिम क्रममा रहेको समितिका सचिव मनोहर साहले बताए । प्रतिस्पर्धात्मक रुपमा वीरगंजको घडिअर्वा, मुर्ली, रानीघाट, स्वीमिङपुल, छपकैया, नगवा आदिमा बासँ, पंडाल लगायतका सजावटको काम भईरहेको छ । लाखौँ खर्च गरेर आधुनिक तथा विधुतिय बतिका साथ सजाईएको एउटा छठघाटमा लाखौँ खर्च गरिएको छ ।

सन्तान प्राप्ति, निरोगीता, सुख, समृद्धि, सत्य, अहिंसा र चर्मरोग निको हुने जनविश्वास अनुरुप परस्पर आत्मीयता र सदभावको प्रतिकका रुपमा यो पर्व मनाईने गरिन्छ ।

छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ । यसपर्वमा धनी, गरिब, उचँनिचको भेदभावलाई छोडेर सबै वर्ग समुदाय एउटै सांस्कृतिक पुष्ठभुमिमा पुजाअर्चनाका लागि उभिने गर्छन जो समान्य र परस्पर सदभावले उन्मुख हुने प्रेरणात्मक सङकेत हो । छठपर्व तराईसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ ।

छठपर्वको पहिलो दिन व्रतालु उपासकहरुले नहाए खाए अर्थात नुहाएर खाने विधिपुरा गरी छठपर्वको शुभारम्भ गर्ने गर्दछन् । छठपर्वको दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई सम्पुर्ण पकवान तथा खाद्ययवस्तुको अर्घ दिदै छठपर्वको समापन गर्ने गरिन्छ ।