दुल्ही झै सिङ्गारियो वीरगंजको घडीअर्वा पोखरी

Photo & Story: Jiyalal Sah

कार्तिक शुक्ल चतुदर्शीका दिनबाट शुरु हुने छठ पर्वको लागी वीरगंजको छठपर्वको प्रमुख स्थल घडिअर्वा पोखरी दुल्ही झै सिङ्गारिएको छ । १३ लाख रुपैयाँको लागतमा नेपाल तथा भारतको बंगाल, कोलकता, मोतिहारी र बेतियाका कालीगढहरुले पंडाल तथा झिलिमिलि बतिहरु जडान गरेका छन् । करिब २ हप्ताको कडा मेहनतले घडीअर्वा पोखरी दुल्ही झै सिङ्गारिएको छठपुजा व्यवस्थापन समितिका सचिव मनोहर साहले बताए ।

निकै धुमधुमधामका साथ मनाउने वीरगंजको छठले निकै महत्व लिने गर्दछन् वीरगंजको घडिअर्वा पोखरीको सजावट हेर्न छिमेकी देश भारतका मोतिहारी, बेतिया, दरभंगा लगायत चितवन, मकवानपुर, धनुषा, रौतहट र बारा लगायतका जिल्लाबाट समेत दर्शनार्थिहरु आउने गर्दछन् ।

छठपुजामा यसवर्ष मात्रै ३ लाख सम्म श्रद्धालुहरु आउने लक्ष्यका साथ पुजा समितिले पानि, एम्बुलेन्स, दमकल, सिसि टिभि क्यामरा लगायतको व्यवस्थापन मिलाएको व्यवस्थापन समितिका सचिव मनोहर साहले जानकारी दिए । भक्तजनहरुको सुरक्षाको ध्यानमा राखी प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकको प्रहरी समेत पोखरी परिसरमा खटाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

#birgunjphotoproject #nepalphotoproject #everydaybirgunj #everydayasia #everydaynepal #everydaymadhesh #chhathfestival #festivalmood #godofsun #lifestyle #dailylife #street #people