Birgunj Night Life

शब्द/तस्बिर ः जियालाल साह

मुलुकको आर्थिक राजधानी र प्रवेशद्वारको रूपमा परिचित औद्योगिक एवं व्यापारिक शहर वीरगञ्ज महानगर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

राणा प्रधानमन्त्री वीरशम्शेरले सन् १८९७ (वि.सं. १९५४) मा वीरगंजलाई स्थापना गरेको हुनाले उनकै नाममा यस सहरको नाम “वीरगंज” रहेको हो । भारत पूर्वीचम्पारण जिल्लाको सीमावर्ती बजार रक्सौलबाट करिब तीन किलोमिटरको दूरीमा र नेपालको दक्षिणी तराई क्षेत्रमा अवस्थित वीरगंज शहर समुद्री सतहदेखि सरदर ९१ मीटर उचाइमा वीरगंज पर्दछ । पूर्व र उत्तरमा बारा जिल्ला, पश्चिममा विन्दवासनी गाऊँपालिका र दक्षिणमा छिमेकी मुलुक भारत रहेको वीरगंज सहर पर्सा जिल्लाको सदरमुकाम पनि हो ।

त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग जोड्ने पथलैयाबाट २८ किमी उत्तर र काठमाडौं हवाइमार्गबाट १५ मिनेटको दूरीमा अवस्थित तथा सिमरा विमानस्थलबाट अत्यन्त नजीकै वीरगञ्जको साझको दिनचार्य पनी निकै रोमाञ्चक हुने गर्दछ ।

हिन्दुहरुको महान पर्व तिहार र छठ पर्व भएकाले पनि वीरगंजको विभिन्न स्थानहरु भरिभराऊ देखिन्छ । कोही घर जान हतारमा हुन्छन् भने कोही पेट पाल्न फोहरबाट मोहर जम्मा गर्न आतुर हुन्छन् । महानगरमा चुनौति बनेको फोहर छत्ता छुल्ल भएको देखिन्छ भने मातेर त्यही फोहर नजिकै रात काटिरहेका पनी देखिन्छ ।